Comments Add Comment

चर्चित रियालिटी शो ‘खतरों के खिलाडी-१०’ मा को-को ?

टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘खतरों के खिलाडी’ को आगामी सीजन दर्शकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यो रियालिटी शो नेपाली दर्शकमाझ पनि उत्तिकै लोकपि्रय छ ।

उक्त शोको दशौं सीजन चाँडै नै प्रारम्भ हुँदैछ । यसपटक पनि यो शोमा बलिउडमा स्थापित निर्देशक रोहित शेट्टी नै देखिंदैछन् । खतरों के खिलाडी सीजन १० को छायांकन बुल्गेरियामा हुने निश्चित भैसकेको छ ।

यो शोका निर्माताहरु दसौं सीजनमा हरेक क्षेेत्रलाई प्रतिनिधित्व गर्ने प्रतियोगिहरुको समुह बनाउन इच्छुक छन् । पछिल्लो पटकको सीजन दर्शकमाझ निकै लोकपि्रय रहेको थियो । यस्तो बेला निर्माताहरुले यसपटक पनि उत्कृष्ट प्रतियोगिहरुलाई मात्र सहभागि गराउने कार्यमा जुटेका छन् ।

उक्त रियालिटी शोका लागि अहिलेसम्म निश्चित भएका केही सेलिब्रेटी प्रतियोगिहरु यस्ता छन्ः

आरजे मलिष्का

यो रियालिटी शोको आगामी सीजनमा लोकप्रिय रेडियो जक्की मलिष्का मेन्डोन्सा पनि सहभागि हुने सम्भावना छ । मलिष्का एक मजबूत प्रतियोगीको रुपमा देखा पर्न सक्ने सम्भावना छ । एउटा समाचारमा जनाइए अनुसार मलिष्कासंग निर्माताहरुको सम्झौता नै भैसकेको छ । कार्यक्रमका निर्माताले चाँडै नै उनको नाम घोषणा गर्न सक्नेछन् ।

अमृता खानविलकर

बलिउडको फिल्म ‘राजी’ की अभिनेत्री अमृता खानविलकर पनि प्रतिस्पर्धिको रुपमा खतरों के खिलाडी-१० मा देखा पर्ने सम्भावना छ । शोमा सहभागिताका बारेमा गरिएको एउटा जिज्ञासामा अमृताले भनेकी छिन्-‘हो, शोका निर्माता तथा मबीच यसबारेमा कुराकानी भएको छ । यद्यपि, अहिलेसम्म सबै कुरा निश्चित भने भैसकेको छैन ।’

रानी चटर्जी

भोजपुरी फिल्मकी लोकप्रिय अभिनेत्री रानी चटर्जीको नाम पनि यसपटकको सीजनको प्रतिस्पर्धिको सूचीमा समावेश छ । भनिन्छ, रानीले यसपटकको खतरों के खिलाडीमा तहल्का मच्चाउने तयारी गरिसकेकी छिन् ।

करण पटेल

लोकप्रिय धारावाहिक ‘ये है मोहब्बतें’ का मुख्य अभिनेता करण पटेल पनि खतरों के खिलाडीको नयाँ सिजनमा देखिन सक्ने छन् । यो शोका लागि करणले आफ्नो फिटनेसमा समेत ध्यान दिन थालिसकेका छन् ।

अदा खान

लोकप्रिय धारावाहिक ‘नागिन’ की अभिनेत्री अदा खान पनि यसपटकको खतरों के खिलाडीमा प्रतिस्पर्धिको रुपमा सहभागिता जनाउने करिव-करिव निश्चित भैसकेको छ । भनिन्छ, शोका निर्माताले अदा खानसंग यसबारेमा कुराकानी गरिसकेका छन् ।

बलराज स्याल

लोकप्रिय कमेडियन बलराज स्याल पनि यो प्रतियोगितामा प्रतिस्पर्धिको रुपमा सहभागि हुने सम्भावना अत्यधिक छ ।

धर्मेश येलांन्डे

चर्चित डान्सर तथा कोरियोग्रँफर धर्मेश पनि यसपटकको यो प्रतियोगितामा प्रतियोगिको रुपमा सहभागिता जनाइरहेका छन् । भनिन्छ, धर्मेशसंग पनि शोका निर्माताले प्रस्ताव राखिसकेका छन् । धर्मेशले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि स्विकृति दिइसकेका छन् ।

करिश्मा तन्ना

अभिनेत्री करिश्मा तन्ना पनि यसपटकको खतरों के खिलाडीमा प्रतिस्पर्धा गरिरहेकी छिन् । करिश्मा पछिल्लो समय नागिन-३ मा समेत देखिएकी थिइन् । यसबाहेक उनले बिग बोसमा पनि प्रतियोगिको रुपमा सहभागिता जनाइसकेकी छिन् । यसका साथै उनले अन्य थुप्रै रियालिटी शोहरुमा भाग लिइसकेकी छिन् ।

शिविन नारंग

अभिनेता शिविन नारंगले पनि खतरों के खिलाडीमा प्रतिस्पर्धि बन्ने निर्णय गरिसकेका छन् । शिविनलाई ‘एक वीर की अरदास-वीरा’ मा दर्शकहरुले मन पराइसकेका छन् ।

तेजस्वी प्रकाश

टेलिभिजन अभिनेत्री तेजस्वी प्रकाशले पनि यसपटकको खतरों के खिलाडीमा प्रतिस्पर्धिको रुपमा सहभागिता जनाउने निर्णय गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment