Comments Add Comment

नेपाल महिला चेम्बर र सनराइज बैंकबीच ब्यापार साझेदारी सम्झौता

१६ साउन, काठमाडौं । नेपाल महिला चेम्बर र सनराइज बैंकबीच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता पत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरे ।

सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्तसम्बन्धी परामर्शमूलक विविध कार्यक्रम आयोजना गरी जानकारी उपलब्ध गराइने उल्लेख गरिएको छ । सो सम्झौता कार्यक्रममा बोल्ने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुलाई आत्मविश्वास दिलाउन यस्ता अभिमुखिकरण कार्यक्रमले निकै योगदान पुर्‍याउने धारणा राखेकी थिइन् ।

‘महिला उद्यमीहरुले कर, लेखा र बित्तसम्बन्धी जानकारी सहजै हासिल गर्न सक्ने वातावरण तयार गर्न यो प्रयास कोसेढुंगा बन्नेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भनिन् ।

त्यस्तै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले महिला उद्यमीहरुलाई यस्ता परामर्शमुलक कार्यक्रमका माध्यमबाट निर्धक्कसाथ ब्यापार ब्यवसाय संचालन गर्ने वातावरण तयार पार्न सनराईज बैंकले सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

उनले संघमा आवद्ध महिला आयातकर्ता एबम् निर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय बजार पहूँच तथा क्षमता विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment