Comments Add Comment

गुल्मीको पहिरोको अध्ययन गर्दै भूगर्भबिद्

१७ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु गरेको छ ।

यही ७ गते सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएपछि खानी तथा भूगर्भ विभागको टोली शुक्रवार प्रभावित क्षेत्रमा पुगेको हो ।

बिभागबाट राजेन्द्र आचार्य र सुलभ कठायतको टोली पहिरो गएको क्षेत्रमा पुगेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । टोलीले पहिरो जानुको कारण र अबको अबस्थाको बारेमा अध्ययन गर्ने बिभागका राजेन्द्र आचार्यले बताए ।

प्रभावितको दैनिकी सहज बनाउने प्रयास

प्रभावितहरुको दैनिकी सहज बनाउन थालिएको छ । प्रभावित क्षेत्रमा सामान्यरुपमा मोटरबाटो पुर्‍याइएको छ । पहिरोले अबरुद्ध बनेको बिद्युत जडान भएको छ । प्रभावित क्षेत्रमा खानेपानी र अन्य क्षतीको बिवरण संकलन गर्ने काम पनि भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रभावितहरु सामुहिकरुपमा बसे पनि बिहान दिउँसोको समयमा आफ्नो खेतबारी र पशुचौपायाँहरुको रेखदेख गर्नतर्फ फर्किन थालेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

प्रभावित क्षेत्रमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार र बिभिन्न संघसंस्था गैरसरकारी संघ संस्थाहरुले आर्थिक एवं राहत सामग्रीहरु सहयोग गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा बिभिन्न संघसंस्थाहरु पुगेर स्वास्थ्य शिबिरलगायत बिभिन्न सहयोगहरु गरेर दैनिकी सहज बनाउ पहल गरिरहेका छन् ।
पहिरोले विस्थापित भएकाहरुका लागि अस्थायी आवास निर्माण पनि सुरु गरिएको छ ।

प्रभावितका लागि १७ वटा अस्थायी आवास

सत्यावती गाउँपालिका- ३ का पहिरो प्रभावितका लागि १७ वटा अस्थायी आवास निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्‍याउँदा १२ सय ६० जना प्रभावित भएका छन् । उनीहरुको दैनिकी सहज बनाउन अस्लेवाको देउडाँडामा ८ वटा र ठुलोलुम्पेकको देउरालीमा ९ वटा अस्थायी आवास निर्माण गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोलीले तत्काल बस्नको लागि आवास निर्माण गरिदिएको हो ।

गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । पहिरोले बिस्थापितलाई सोही स्थानमा निर्माण गरिएका आवासहरुमा र धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment