+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
4/1 (0.6)
Shares

सिमरा अपडेट : ४ सेल अश्रु ग्यास प्रहार, २ राउन्ड हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको सिमरामा कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारीले सकडमा प्रदर्शन गर्दा प्रहरीले चार राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको छ।
  • प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना प्रहरी घाइते भएका छन्।
  • प्रहरीले बुधबार जेनजी युवामाथि आक्रमण गर्ने दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ।

४ मंसिर, काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउन्ड हवाई फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?