
मोडल, स्नेहा पौडेल गायिका मञ्जु पौडेलकी छोरी हुन् । तर, पछिल्लो समयमा स्नेहा आफैले पनि मोडलिङको दुनियाँमा आफूलाई स्थापित गर्ने दौड सुरु गरेकी छिन् । उनले अभिनय गरेको वेव सिरिज ‘ट्वान्टी फस्ट लभ’ युटुबमा सार्वजनिक हुँदैछ । यो सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ ।
स्नेहाले थुप्रै म्यूजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी छिन् । मोडलिङ सँगैसँगै चलचित्रको यात्रालाई पनि अगाडि बढाउने उनको सोच छ । यसैले पनि अहिले उनी म्यूजिक भिडियो, वेव सिरिजको काममा बढी व्यस्त भएको पाइन्छ ।
स्नेहाको सुन्दरताको चर्चा पनि उनका फ्यानमाझ हुने गर्दछ ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4