+
+

८५० जना पहिरो प्रभावितको निःशुल्क स्वास्थ्य परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १८ गते १९:३५

१८ साउन, गुल्मी । पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकामा पहिलोपटक विशेषज्ञ डाक्टरसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको छ ।

पहिरो प्रभावितहरुलाई राखिएका १६ वटा अस्थायी बासस्थानमा पुगेरै साउन १५ र १६ गते गाउँपालिका वडा न ३ का फरक-फरक ५ वटा स्थानमा पुगेर पहिरो प्रभावितहरुमध्ये ८ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधिसमेत बितरण गरिएको हो ।

बुद्ध सामुदायिक टेलिभिजन, नागरिक आवाज डटकम र रेडियो जागरणको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा युनिर्भसल मेडिकल कलेज भैरहवाका डाक्टरहरु मनिषकुमार ठाकुर, निशान्त श्रेष्ठ आयाम गौतम,जामेनजय तथा केमिकल एण्ड मेडिकल सप्लायर्सं अफ नेपाल लुम्बिनी शाखाका अध्यक्ष बिष्णु भण्डारी, महासचिब बिजय आचार्य, महिला उद्योगी शान्ता शर्मा, पत्रकार कपिल ज्ञवाली, स्वास्थ्य कर्मीहरु महेश पन्थी,राजिब गौतम लगायतको प्राबिधिक टोलीले स्थानीयको चेकजाँच र औषधि वितरण गरेका थिए ।

क्षेत्रमा पहिरोपछि हुनसक्ने रोगको महामारीलाई रोक्न र स्थानीयको मनोवल बढाउन स्वास्थ्यकर्मी बोकेर घटनास्थल पुगेको पहिरो प्रभावितका लागि राहत संकलन तथा पुर्नस्थापना कोषका संयोजक तथा बुद्ध टेलिभिजनका अध्यक्ष पृथु बहादुर फौदारको भनाइ छ ।

सो शिविरमा आएका मध्ये धेरैलाई सही परामर्श, औषधोपचार र चेकजाँच गरिएको युनिर्भसल मेडिकल कजेज भैरहवाका डा मनिषकुमार ठाकुरले बताए ।

पहिरोको क्षतिले अत्तालिएका स्थानीयलाइ लक्षित गरेर संचालन गरिएको स्वास्थ्य शिबिर आफुहरुलाइ घाउमा मल्हम जस्तै भएको उनीहरुको भनाइ छ ।

साउन ६ गतेबाट शुरु भएको अविरल बर्षासहितको पहिरोले साउन ७ गते बिहान  वडा नं ३ ठूलोलुम्पेकमा ५ जना र वडा नं  ४ मा ८ जनाको ज्यान गएको हो ।

पहिरोमा परी डेढ वर्षीय बालक सञ्जु बिकसहित स्थानीय तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।

ठूलो लुम्पेक र लिम्घामा क्षति पुर्‍याउँदा ३ सय ७ घरका १२ सय ६० जना मानिस प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?