Comments Add Comment

वर्षायाममा हरियो सागसब्जी कत्तिको स्वस्थ्यकर ?

सागसब्जी खानु स्वास्थ्यका लागि लाभदायक छ । तर, वर्षायाममा ?

मौसममा आउने परिर्वतनले हाम्रो जीवनशैलीमा पनि प्रभाव पार्छ । हामी आफ्नो जीवनशैली मौसमको हिसावले परिवर्तन गर्न बाध्य हुन्छौं । जाडो समयमा न्यानो र तातो खानेकुरा हाम्रो रोजाईमा पर्छ भने गर्मी मौसममा चिसो र शितलता प्रदान गर्ने खानेकुरा र पहिरनको छनौट गर्छौं  ।

यी मौसम बाहेक वर्षायाममा पनि हाम्रो खानेकुरा र पहिरनमा केही न केही फरक भने अवश्य हुन्छ । यो मौसममा कहिले चिसो त कहिले तातोको अनुभव हुने भएकोले अरु मौसम भन्दा वर्षायाम अलि फरक हुन्छ ।

यो समयमा खानेकुराहरु पनि भिन्दै किसिमको खान मन लाग्छ । पानी परिरहेको समयमा तात्तातो पाकौडा र चियाको कल्पनाले पनि मन नै फुरुङ पारिदिन्छ ।

यद्यपि, वर्षायाममा खाने खाद्य पदार्थमा अरु समयमा भन्दा बढि ध्यान दिनु आवश्यक छ । अन्य मौसममा स्वस्थकर मानिने हरीया  तरकारी वर्षातको मौसममा स्वास्थको लागि हानिकारक पनि हुन सक्छ ।

हिजाआज बजारमा वेमौसमी तरकारीहरु जस्तै काउली, बन्दाहरु समेत उपलब्ध हुन थालेका छन् । जसको सेवनले हाम्रो स्वास्थलाई हानी पुर्‍याउन सक्छ । त्यस्ता पात भएका तरकारीमा रोगका किटाणुहरु, किराहरु समावेश भएका हुन्छन् । जसको सेवन गर्नाले हामीलाई विभिन्न रोग लाग्न सक्छ ।

वर्षायाममा ती हरीया तरकारीहरुको पातमा रोगका किटाणुहरु लुकेका हुन्छन् । ती रोगका किटाणुहरुले फोहोर र आकाशबाट परेको पानीसंगै ती तरकारीका पातहरुमा आफ्नो घर बनाएका हुन्छन् ।

वर्षायाममा धेरै बिरामी हुने प्रमुख कारण नै तरकारीबाट फैलने संक्रमणहरु हुन् । वषर्ायाममा तरकारीबाट फैलने संक्रमणहरुबाट बच्नका लागि के गर्ने ?

पानीमा उमालेर मात्र तरकारी पखाल्ने

जसरी हामी पिउने पानी उमालेर मात्र पिउँछौ, त्यसैगरि सागपात र फलफुल पनि उमालेको पानीले पखाल्नु पर्छ ।

सूर्य किरणबाट उत्पन्न हुने तातो

वर्षायाममा सूर्यको किरण केहि मध्यम हुन्छ, जसका कारण सबैतिर ओसिलो र चिपचिप हुने गर्छ । ओसिलोपनका कारण स-साना किटाणु तथा भाइरस बढ्न थाल्छ ।

त्यस्तो परिस्थितिमा किटाणु समावेश भएका तरकारी खानाले हाम्रो पाचन प्रक्रियामा सिधा असर गर्छ । जसका कारण शरीरमा विभिन्न प्रकारका  रोगहरु उत्पन्न हुन थाल्छ । छालाको एलर्जी, टाइफाइड, झाडावान्ता जस्ता अनेक समस्याहरु वर्षायाममा देखिने रोगहरु हुन् ।

तरकारीमा लगाईने केमिकल इन्जेक्शनबाट बच्न

वर्षायाममा तरकारीलाई हरीयो देखाउनका लागि तरकारी उत्पादकहरुले ती तरकारीहरुमा हानिकारक केमिकलयुक्त इन्जेक्सन लगाउने गर्छन् । जुन हाम्रो शरीरका लागि अति नै नोक्सानदायक हुन्छ । त्यसले हाम्रा छाला र पेट सम्बन्धि समस्या उत्पन्न गराउँछ ।

लो मेटाबोलिज्म (पाचनपक्रिया)लाई ध्यान दिनुहोस्

वर्षायाममा हाम्रो पाचनपक्रिया सुस्त हुने गर्छ । त्यसैले स्वस्थ्यकर र स्वादिलो खाना खानु पर्छ भनेर काँचो, तेलयुक्त, धेरै पिरो, मसलायुक्त र पात भएको तरकारी  सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पेट फुल्ने, अपच हुने, झाडाबान्ता हुने तथा ज्वरो आउने जस्ता समस्याहरु उत्पन्न हुन्छन् ।

ध्यान दिनु पर्ने कुराहरु

वर्षायाममा हाम्रो उर्जा शक्ति कम हुने भएकोले विहानको खाना खाए पछि सुत्नु हुँदैन । हरियो पात भएको तरकारी भन्दा मौसम अनुसारको भिन्डि, परवर, बोडि, तितेकरेला जस्ता तरकारीहरु सेवन गर्नु पर्छ ।

बाहिरका झिंगा भन्केका खानेकुरा तथा पात भएका तरकारी तथा ती तरकारीबाट बनेका खानेकुराहरुको सेवन गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment