+
+
Shares

मृग तर्साउन चलाएको गोली लागेर डोटीमा १ जनाको मृत्यु

रामहरि ओझा रामहरि ओझा
२०७६ साउन १९ गते ११:०५
Photo Credit : रामहरि ओझा/अनलाइनखबर । मृग सम्झेर स्थानीयले चलाएको गोली लागी ज्यान गुमाएका तपेश लुहार ।

१९ साउन, डोटी । मृग सम्झेर एक स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ ।

जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे मृग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले प्रारम्भिक अनुसन्धानबाट खेती मास्न आएको मृग ठानी भुलले चलाएको गाेली लागेर लुहारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

प्रहरीले बन्दुकसहित युवकको ज्यान लिने भुललाई नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानका क्रममा उनले भुलबश लुकारलाई गोली लागेको बताएका छन् ।

मृतक लुहार स्थानीय घट्टेडी मन्दिरका धामी हुन् । उनले यसै वर्ष विद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राति किन जंगलमा गएका थिए भन्ने खुल्न सकेको छैन ।

जंगली जनावरलेहरूले बाली नष्ट गर्ने समस्या डोटीका किसानले पछिल्लो समय झेल्दै आएका छन् । जंगली जनावरको समस्या पेचिलो बनेपछि यसबाट मुक्ति पाउन किसानहरूले हतियारको समेत सहारा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?