Comments Add Comment

विश्व प्रसिद्ध बडवाइजर र फोस्टर्स बियरको उत्पादन अब नेपालमै

१९ साउन, काठमाडौं । राज ब्रुअरी प्रालि र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर-बुसइनबेभबीच विश्वका केही ख्याति प्राप्त बियर ब्राण्डहरुको उत्पादन र विक्री वितरण गर्नेे सम्बन्धी सम्झौता भएको छ ।

राजब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबिइन बेभ ग्लोबल र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो । ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियमजर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ ।

चाँडै नै एबिइन बेभका स्थानीय स्तरमै उत्पादन गरिएका ब्राण्डहरु जस्तैः बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबिइन बेभको आफ्नै विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफ, होगार्डेन र स्टेला अर्टोइजको आनन्द लिन पाउने कम्पनीले जनाएको छ

राजब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो । जावलाखेल ग्रुपका उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड, जसले आ-आफ्नो समूहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेको जनाइएको छ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले विश्व मै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम गर्न कटिबद्ध रहेको बताए ।

त्यसैगरी जावलाखेल ग्रुपअफ इण्डष्ट्रिजका ग्रुपका कार्यकारी निर्देशक सशिन जोशीले भने– विश्वव्यापी उद्योगी साझेदारहरुद्वारा मान्यता प्रदान गरिएको आयातित उच्च गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरेर विश्वको अत्युत्तम बियरहरु उत्पादन गर्ने क्षमताका साथ नेपालमा अत्याधुनिक प्रविधिजन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बियर उत्पादन गर्ने इतिहास रचेका बताए ।

‘वार्सटेनर र एबिइनबेभसँगको हाम्रो आबद्धता र ट्रेडमार्क अनुमतिहरुले हाम्रा उपभोक्ताहरु माझ उत्कृष्ट उत्पादनहरु उपलब्ध गराउन हामीले आफ्नै लागि कायम गरेको उच्चतम मानकहरुलाई प्रतिबिम्बित गरेको छ’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment