Comments Add Comment

बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा

Photo Credit : koyurohit.blogspot.com

९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको पुस्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा  दायर  गरिएको अख्तियारले जानकारी दिएको छ ।

रौनियारले होस्टल र फार्मेसी  भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्र्याक्टर गिना कन्स्ट्र्क्सन कम्‍पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्‍न  मितिमा रनिङ विलको भुक्तानी दिँदा पटक पटक कमिसनवापत घुस लिएको अडियोसहित अख्तियारमा उजुरी परेको थियो ।

त्यस्तै उक्त भवन  निर्माणको चौथो रनिङ बिल  भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको उजुरी सूचना पाएपछि गएको अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।

अख्तियारका अनुसार उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाख विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार  मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment