Comments Add Comment

नेपाल भ्रमण वर्ष-२०२० युरोपको इटालीबाट औपचारिक शुभारम्भ

बार्सिलोना । नेपाल भ्रमण वर्ष-२०२० युरोपको औपचारिक शुभारम्भ भएको छ। इटालीको रोममा शुक्रबार साँझ एक समारोहबीच पर्यटन प्रवद्धनको कार्यक्रमसहित शुभारम्भ भएको हो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कार्यक्रमको उद्घाटन गर्दै नेपाल बिबिधतायुक्त देश भएकाले नेपाल पुग्न अनुरोध गरे। भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले भिजिट नेपालको उदेश्यबारे प्रकाश पार्दै प्रस्तुति राखेका थिए। उनले भिजिट नेपाल २०२० को उदेश्यबारे प्रकाश पारे। यसवर्षमा पर्यटकहरुले लिन सक्ने फाईदाका बारेमा पनि उनले जानकारी गराए।

कार्यक्रममा पर्यटन सचिव मोहोनकृष्ण सापकोटा,होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष सृजना राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष डा. बद्री केसी, सपिलाराज भण्डारीलगायतले नेपालको पर्यटन प्रवद्धनबारे बोलेका थिए। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको पनि कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी थिए ।

इटालीका लागि नेपाली अवैतानिक बाणिज्यदूत पाउलो नुगारीले इटाली भाषामा प्रस्तुति राख्दै सहभागीहरुलाई नेपाल घुम्न प्रेरित गरे। उनले दुईजनालाई नेपाल आवातजावतका लागि दुईवटा हवाई टिकट आँफूले उपलब्ध गराउने घोषणा गर्दै संसारकै सुन्दर देशमा पुग्न अनुरोध गरे।

कार्यक्रममा सयभन्दा बढी इटालियनहरु सहभागी थिए। इटालीका टुर तथा ट्राभल व्यवसायी, कूटनीतिक अधिकारी तथा युरोपभरका गैरआवासीय नेपालीहरुको उपस्थिति थियो। दुईदिनसम्म चल्ने एनआरएनको युरोपेली बैठक भने शनिबारदेखि सुरु भएको छ।

युरोपभरका नेपाली राजदूतहरुसँग छलफल

नेपाल भ्रमण वर्ष-२०२० आयोजक,  नेपाल पर्यटन बोर्ड तथा युरोपस्थित नेपाली राजदूतहरुबीच छलफल भएको छ। भ्रमणवर्षलाई सफल पार्न दूताबासहरुका गतिबिधिहरुबारे चासो राखिएको थियो। सो अबसरमा राजदूतहरुले युरोपका बिभिन्न मुलुकहरुमा भएका पर्यटन प्रवद्वनका कार्यक्रमहरुबारे जानकारी गराए। भ्रमण वर्षलाई सफल पार्न प्रवद्वनका गतिबिधिहरुलाई तिब्र पार्न सहभागीहरुले सुझाव दिए।

छलफलमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा, फ्रान्सका दीपक अधिकारी,जर्मनीका रमेशप्रसाद खनाल, डेनमार्कका युवनाथ लक्साल,अष्ट्रियाका प्रकाश कुमार सुबेदी र रसियाकालागि नेपाली राजदूत ऋषिराम घिमिरेको उपस्थिति थियो।

यस्तै स्वीट्जरल्याण्डबाट उपनियोगप्रमुख तीर्थराज वाग्ले, स्पेनबाट प्रथम सचिव तथा हालका कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र बेलायतस्थित नेपाली दूतावासबाट द्वितीय सचिव लभा सुबेदीको उपस्थिति थियो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, पर्यटन सचिव मोहोनकृष्ण सापकोटा,भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य,होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष सृजना राणा,गैर आबासीय नेपाली अभियन्ताहरु लगायत नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरुको छलफलमा सहभागीता रहेको थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment