Comments Add Comment

छाला अनुसार घरमा नै गर्नुहोस स्क्रबिङ

अहिले बढ्दो प्रदुषणका कारण विभिन्न समस्याहरु उत्पन्न हुन थालेका छन् । जसमा धुलो-धुवाँका कारण छालामा नराम्रो प्रभाव पर्न थालेको छ । धुलो-धुवाँका कारण छालामा फोहोर जम्छ, अनुहारको छालामा नकारात्मक प्रभाव पार्छ । जसका कारण अनुहारको आकर्षण हराउँछ ।

अनुहार सुन्दर र आकर्षक देखिनका लागि समय-समयमा अनुहार सफा गर्नु अति नै आवश्यक हुन्छ । जसमा अनुहारलाई स्क्रबिङ गर्नु जरुरी हुन्छ । तर सबैको छाला एकै प्रकारको हुँदैन । त्यसैले छालाको प्रकार अनुसारको स्क्रबिङ गर्नु आवश्यक हुन्छ । आज हामी कस्तो छालामा कुन प्रकारको स्क्रबिङ गर्ने ?

 तैलिय छालाको लागि

एक अथवा दुई कप भिजेको चनालाई पिस्ने । पिसेको चनामा एक ठुलो चम्चा दही र अथवा पानी मिसाएर पेस्ट बनाउने । यो पेस्टलाई हल्का हातले अनुहारमा स्क्रब गर्ने, केहि क्षणपछि चिसो पानीले अनुहार पखाल्ने । यसो गर्दा तपाईंको तैलिय छाला सुन्दर हुन्छ, तर अनुहारमा साबुनको प्रयोग गर्नु हुदैन ।

एक अथवा दुई कप चामलको पिठोमा एक अथवा दुई कप मेवा मसिनो गरि पिस्ने र पिठोमा मिसाउने । यसमा आधा कागतीको रस पनि मिसाउने । अनुहारलाई पानीले हल्का भिजाएर यो पेस्टले स्क्रब गर्ने ।

सुख्खा छालाको लागि

भिटामिन ई समावेश भएको तेलमा एक थोपा कागतीको रस र एक थोपा ग्लिसरीन मिलाउने । यसले केहि समय अनुहारलाई मसाज गर्ने र चिसो पानीले अनुहार पखाल्ने ।

एक दुई चम्चा बदामको धुलोमा एक चम्चा मह र एक चम्चा गुलाबजल मिलाएर अनुहारमा लगाउने र चिसो कपासको सहायताले अनुहार सफा गर्ने ।

सामान्य छालाको लागि

पिठोको चोकरमा एक चम्चा मह र एक चम्चा दुध मिलाउने । यो मिश्रणलाई अनुहारमा लगाउने र केहि समयपछि हल्का हातले रगड्दै हटाउने ।

तीन चम्चा पिनेको बदाममा तीन चम्चा ओटमील, तीन चम्चा पाउडर दुध, दुई चम्चा सुखेको गुलाबको पात र बदामको तेल मिलाएर मिश्रण तयार गर्ने । यो मिश्रणलाई काँचको बट्टामा हावा नछिर्ने गरि राख्ने । यो मिश्रणलाई हप्ताको दुई पटक प्रयोग गर्न सकिन्छ ।

ध्यान दिनु पर्ने कुरा

यदि तपाईं बजारमा उपलब्ध स्क्रबको प्रयोग गर्न चाहानु हुन्छ भने जुन पायो त्यहि ब्राण्डका स्क्रबको प्रयोग गर्नु हुँदैन । बजारमा उपलब्ध स्क्रबहरुमा हानीकारक केमिकलहरु पनि समावेश गरिएका हुन्छन् । सकेसम्म घरमा बनेका स्क्रबको प्रयोग गर्नुहोस् र बजारमा उपलब्ध स्क्रबको ब्राण्ड हेर्न नबिर्सनुहोस् । अनुहारलाई सफा र ताजा राख्नका लागि स्क्रब अति नै आवश्यक हुन्छ, त्यसैले समय समयमा आफ्नो अनुहारमा स्क्रब गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment