+
+
Shares

नेपाल र अमेरिकाका केही हलले थाले ‘जारी २’ को एड्भान्स टिकट बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दयाहाङ राई र मिरुना मगर स्टारर 'जारी' फिल्मले १७ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएर घरेलु फिल्म इतिहासमा पाँचौ सर्वाधिक कमाउने फिल्म बनेको छ।
  • निर्माताले 'जारी' को दोस्रो श्रृंखला प्रदर्शनका लागि २१ कात्तिकदेखि तयारी गरिरहेको र नेपाल तथा अमेरिकामा एड्भान्स टिकट बिक्री सुरु भइसकेको छ।
  • अमेरिकाका आठ हलले ३८ शोजका साथ 'जारी २' को प्रदर्शन गर्दैछन् र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरन्यासनलले फिल्मलाई ल्याउँदैछ।

काठमाडौं । दयाहाङ राई, मिरुना मगर स्टारर ‘जारी’ घरेलु फिल्मको इतिहासमा सर्वकालिन धेरै कमाउने पाँचौ फिल्म हो । चलचित्र विकास बोर्डका अनुसार फिल्मले १७ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएको छ ।

बलियो शिल्प, कथावाचन, आदिवासी सौन्दर्य र दृश्यभाषाको सशक्त प्रस्तुतिको कारण यो फिल्म अहिले पनि दर्शकको हृदयमा छ । निर्माताले यसको दोस्रो श्रृंखला दर्शकमाभ ल्याउन लागेका छन् ।

२१ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई लिएर दर्शकमाझ ब्यापक उत्साह छ । के यसले श्रृंखलाको अघिल्लो भागको कमाइलाई उछिन्ला ? यतिबेला धेरैका लागि यो चासोको विषय समेत हो ।

प्रदर्शन मिति नजिकिँदै गर्दा नेपाल र अमेरिकामा फिल्मको प्रारम्भिक बुकिङ खुल्न थालिसकेको छ । ‘जारी’को उछाल कमाइ गरेका पूर्वका केही हलले त एड्भान्स टिकट बिक्री नै थालिसकेका छन् । त्यो पनि रिलिज हुन एकसाताभन्दा धेरै समय बाँकी रहँदा ।

विर्तामोडको पाथिभरा सिने प्लाजाले ५ शोज दिँदै फिल्मको बुकिङ खुला गरेको छ । काठमाडौंका ठूला मल्टिप्लेक्सले सम्भवतः यो सप्ताहन्त लगत्तै बुकिङ खुलाउन लागेका छन् ।

अर्कोतर्फ, नेपाली फिल्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अमेरिकाका कतिपय हलले ‘जारी २’को एड्भान्स टिकट बिक्री थालेका छन् ।

नेपाली बहुल राज्यहरू कोलोराडो, एरिजोना, क्यालिफोर्निया, म्यासाचुसेट्स, नर्थ ह्याम्सायर र न्यूयोर्ककाका ८ हलले शोज प्रकाशित गरेका छन् ।

विहिबार बिहानसम्म ती हलले फिल्मलाई ३८ शोज दिएका छन् । कोलोराडोका हर्किन्स थिएटर र वेस्ट मिस्टिर, एरिजोनाको हर्किन्स थिएटर, क्यालिफोर्निया–म्यासाचुसेट्स–न्यू ह्याम्सायर र न्यूयोर्क सिटी तथा राज्यका एप्पल सिनेमाज चेनले पनि बुकिङ खोलेका छन् ।

उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरन्यासनलले प्रदर्शनमा ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?