+
+
Shares

पशुपतिमा हिमानी (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १२:४४

२० साउन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छन् । पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन् ।

छोरी पूणिर्का र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन् ।

साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । सोही विश्वासका साथ पूर्वयुवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?