Comments Add Comment

‘जात्रा’ निर्देशकको हातमा ३ फिल्म

जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले बक्स अफिसमा सुपरहिटको व्यापार गर्यो । ५१ दिन मनाउन सफल यो चलचित्र समिक्षाका हिसाबले पनि सफल भयो । विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका थिए ।

यो चलचित्रको सफलतापछि प्रदीपले निर्देशकियको रुपमा सफलताको ह्याट्रिक गरे । उनको निर्देशनमा बनेको ‘जात्रा’ र ‘शत्रु गते’पनि बक्स अफिसमा हिट सावित थिए । प्रदीपको कामको धेरैले प्रशंसा पनि गरे ।

अब भने प्रदीपले कसको चलचित्रमा काम गर्छन् भन्ने विषयमा धेरै प्रश्नहरु उठिरहेको छ । प्रदीपलाई अनमोल केसीको मुख्य भूमिका रहने चलचित्रको लागि भुवन केसीले अफर गरिरहेका छन् । उता, ‘भद्रगोल’ टिमले निर्माण गर्ने चलचित्रमा पनि प्रदीपलाई अफर गरिएको छ ।

यस्तैमा, केही दिन अघिमात्र प्रदीपले जात्राको सिरिज ‘जीवन जात्रा हो’ निर्देशन गर्ने समाचार पनि आइरहेको थियो । तर, अहिले नै यो चलचित्रमा काम गर्ने भन्ने तय भइनसकेको प्रदीप बताउँछन् ।

प्रदीप आफैले अहिले स्क्रिप्ट लेखिरहेको बताउँछन् । अनमोल केसीले अभिनय गर्ने चलचित्र र ‘भद्रगोल’ टिमको स्क्रिप्टमा अहिले काम भैरहेको छ । प्रदीप भन्छन्–‘अब जुन उत्कृष्ट स्क्रिप्ट बन्छ त्यसैमा काम गर्नेछु । अहिलेलाई यो नै गर्छु भन्ने छैन ।’

प्रदीप आफैले भने ‘जात्रा’को सिरिजका लागि चलचित्र लेखिरहेका छन् । स्क्रिप्टमा ६ महिना समय लगाएपछि मात्र नयाँ चलचित्रमा काम गर्ने उनको योजना छ । लगातार ३ चलचित्र हिट दिएपछि एकप्रकारले उनलाई दबाब पनि छ । यसैले पनि उनले आफू अझै गम्भिर बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment