+
+

एनआरएनए अष्ट्रेलिया कानुनी बिवादमा, चुनाव र सपथग्रहण रद्द गर्न माग

चुनाव रद्द हुँदैन , सपथग्रहण रोकिंदैन - टोनु घोताने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १३:५०

मेलबर्न / गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया पहिलो पटक कानूनी बिवादमा फसेको छ । मंगलबार दिउँसोसम्म कानून ब्यबसायीस्तरमा समाधान नभए बिवाद अदालतसम्म पुग्ने भएको छ ।

दुई वर्षे नयाँ नेतृत्वका लागि ६ जुलाइ २०१९ मा भएको चुनाव गैरकानुनी भएको भन्दै भिक्टोरिया राज्यका सयौं मतदाताहरुले आफ्ना वकिलमार्फत चुनाव रद्द लगायत सबै प्रक्रिया स्थगित गर्न माग गरेका छन् ।

चुनाव लगायत सम्पूर्ण प्रक्रिया रद्द गर्न माग गर्ने मध्यका एक गणेशराज गौतमले अनलाइनखबर लाइ भने – ‘हामीले चुनाबको घोषणा देखि नै बिधान बमोजिम नभएको भन्दै पटकपटक सूचना मागेको, विधान विपरीतको निर्वाचन आयोग र उम्मेदवारी रद्द गर्न अनुरोध गर्दा पनि समय सीमाभित्र कार्यान्वयन नभएकोले र सँस्थाको उद्धेश्यभन्दा बाहिर नेतृत्वक गतिबिधि भएकाले हामी कानूनी प्रक्रियामा गएका हौं ।”

उनले नेपालको विकासका प्रवासी नेपालीहरुलाई समेट्ने र नेपालमा सहयोग गर्ने उद्धेश्य भएको सँस्थाको अस्तित्वो नै नरहने अवस्थामा पुगेकाले ती बिकृति विसंगति हटाउन यस्तो बाटो लिएको बताए ।

फर्जी मतदाता बनाइएको, विश्वसनीय सूचना दुरुपयोग गरेको, सामाजिक सँस्थामा राजनीतिकरण गरेको र बिधान विपरीतका कामहरु गरेको प्रमाण पेश गर्दै उनीहरुले अघिल्लो महिना भएको चुनाव रद्द गर्नु पर्ने मुख्य माग अघि सारेका छन् ।

चुनावका क्रममा एनआरएनएको अन्तरास्ट्रिय बिधान विपरीत एकैजना व्यक्तिले १५० जना व्यक्तिको सम्म रकम तिरेर सदस्यता प्रदान गरेको, केशव कंडेलको मात्रै टिमलाई निर्वाचित गर्न भन्दै कम्तिमा पनि ३ हजार मतदातालाई चुनावी संदेश पठाएको प्रमाण पनि पेश गरिएको छ ।

यस्तै चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले आफ्ना आधिकारिक उम्मेदवार भनेर केशब कंडेलको समूहलाई घोषणा गरेको भन्दै एनआरएनमा राजनीतिकरण गरिएको बताइएको छ ।

एनआरएन चुनावमा पहिले नन्दु गुरुङ, दिनेश पोखरेल र केशव कंडेल गरी ३ समूह मैदानमा थिए । पछि नन्दुले फिर्ता लिएका थिए ।  निवेदकहरुका तर्फबाट गणेशराज गौतमले अन्य दुई समूहलाई कुनै राजनीतिक दलका भात्री समूहले घोषणा नगरेकोले बिपक्षी नबनाइएको तर्क गरेका छन् ।

डा. शम्शेरसिंह थापा

एनआरएनए अष्ट्रेलियाको नयाँ निर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम यही अगष्ट १० तारिखका दिन तय गरिएको छ । सोमबार उनीहरुका तर्फबाट कानून ब्यबशायीले लेखेको पत्रमा उक्त कार्यक्रमसमेत स्थगित गर्न माग गरिएको छ ।

साथै, एनआरएनएको सम्पत्ति सुरक्षित गर्न सदस्यहरुले माग गरेका छन् । सपथग्रहणको पूर्व सन्ध्यामा चुनाव बिवादित भएको कानुनी प्रश्न उठेपछि अस्ट्रेलियाको समाजमा बिभिन्न टीकाटिप्पणी हुन थालेका छन् ।

यो बिवादका सम्बन्धमा अष्ट्रेलियामा क्रियाशील बरिष्ठ नेपाली कानून ब्यबसायी डा. शम्शेरसिंह थापाले स्वयमसेवी सामाजिक सँस्थाहरुमा केही व्यक्तिगत कमजोरीहरु हुनसक्ने भन्दै यसलाई ठूलो बिवादको विषय बनाउनुभन्दा मध्यमार्गी बाटो खोजेर समाधान गर्नुपर्ने बताए ।

अनलाइनखबरसँग कुरा गर्दै डा. थापाले भने – न्याय माग्न कानूनको ढोकामा पुग्नेहरुको हात पनि सफा हुनुपर्ने सैद्धान्तिक मान्यतालाई सबैले अङ्गिकार गर्नु पर्छ  ।’

एनआरएनका अध्यक्ष टोनु घोतानेले हरेक कानूनी सूचनालाई आफूले प्राथमिकताका रुपमा लिने भन्दै आफू कानूनी परामर्शमा पनि रहेको र मंगलबार मध्यान्सम्म मध्यमार्गी बाटो खोजिने बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने-राजनीतिकरणको आरोप एक पक्षीय मात्रै छ, हामीले आइसीसी सोध्दा पनि चुनावी परिणामलाई प्रभावित पार्ने संख्यामा कसैले बढी सदस्यता बनाएको भए प्रश्न उठ्थ्यो तर फर्जी सदस्यता बनाएको आरोप लगाइएका राज थपलियालागायतको समूहले नै चुनाव हारेकोले उक्त आरोपको कुनै तुक छैन ।

उनले सोमबार आफूले प्राप्त गरेको कानूनी सूचनाले एनआरएनए अस्ट्रेलियाका कुनै पनि गतिबिधिमा असर नपुग्ने , चुनाव पनि रद्द नहुने र आगामी सपथग्रहण पनि स्थगीत नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?