Comments Add Comment

‘मारुनी’ ट्रेलरः पुष्प र रेबिकाको प्रेममा साम्राज्ञी भिलेन

यो बर्षको प्रतिक्षित चलचित्र ‘मारुनी’को प्रेम, धोका र बदलाले भरिएको ट्रेलर सार्वजनिक भएको छ । नवल नेपाल निर्देशित यो चलचित्रलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेकी हुन् । चलचित्र ‘मारुनी’को ट्रेलरमा विशेषगरि, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फरक अवतार देख्न सकिन्छ । सधै नै फरक भूमिकाको खोजीमा रहेकी साम्राज्ञीले यसपटक भने केही फरक भूमिका गरेको आभाष दर्शकले गरेका छन् ।

चलचित्रको ट्रेलरमा नायिका रेविका गुरुङ र नायक पुष्प खड्काको रोमान्स देखिएको छ । तर, पुष्पका लागि साम्राज्ञीको प्रेम पनि ट्रेलरमा देखाइएको छ । ट्रेलरले अझै चलचित्रको कथावस्तुलाई स्पष्ट खोलेको छैन ।

संजय लामाले खिचेको चलचित्रको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । भदौ १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको ट्रेलर कलरफूल छ । चलचित्रमा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह–निर्माताको रुपमा छन् । मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा दिपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ ।

ट्रेलर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्षा चलचित्रलाई लिएर अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment