Comments Add Comment

४ किलो सुन बरामद : अनुसन्धानका लागि दोभाषे बोलाइँदै

२० साउन, काठमाडौं । आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ४ किलो सुनको विषयमा विस्तृत अनुसन्धान हुन सकेको छैन ।

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ली निङ्छीले अंग्रेजी भाषा नबोल्दा अनुसन्धानमा कठिनाइ भएको हो ।

ड्रायगन एयरको उडान नं. केए १०४ बाट हङकङबाट आएका उनलाई यात्रु जाँचपास तथा सहजिकरण शाखाबाट विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको थियो ।

भन्सारका प्रमुख गजेन्द्र ठाकुरले अनलाइनखबरलाई बताएअनुसार, चिनियाँ नागरिकविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि ६ दिनलाई म्याद थप गरिएको छ ।

‘उनले कपडाको पेटीमा लुकाएर सुन ल्याएका थिए । तर, नेपालमा कसलाई डेलिभर गर्न लागेका थिए भन्ने विषयमा छानबिन थालेका छौं’, उनले भने ।

भाषिक समस्याका कारण सोमबार उनको बयान लिन नसकिएको ठाकुरले स्वीकारे । उनका अनुसार, मंगलबार दोभाषे बोलाएर विस्तृत अनुसन्धान थालिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment