+
+

डोटीमा विप्लव समूहले भन्यो : वडा कार्यालय हामीले जलाएका होइनौं

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १९:११

२० साउन, डोटी । विप्लव समूहले डोटीमा वडा कार्यालयहरुमा भएको आगजनीमा आफ्नो संलग्नता नरहेको बताएको छ ।

सो पार्टीको डोटी जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरु स्वयंको संलग्नतामा आगो लगाइएको दावी गरेको छ ।

शिखर नगरपालिका–७ को वडा कार्यालयमा वडाध्यक्ष नरबहादुर बलायरले आगो लगाउन लगाएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । नेकपा डोटीका इन्चार्ज दौलत र सेक्रेटरी कालु पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्नो कर्तुतमाथि पर्दा हाल्न वडाध्यक्षले आफूहरुलाई दोष देखाएको आरोप लगाइएको छ ।

साउन ११ गते राति करीव ११ वजे उक्त वडा कार्यालयमा आगजनी भएको थियो । आगजनी भएको भोलिपल्ट वडाध्यक्ष बलायरले आगजनीमा बिप्लव समूहका कार्यकर्ता दीर्घसिं कुँवरको संलग्नता रहेको प्रहरीलाई जानकारी दिएका थिए ।

यस्तै साउन ७ गते जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीमा पनि पार्टीको कुनै संलग्नता नभएको विप्लव समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जेठ १४ गते बडीकेदार गाउँपालिका–४ को कार्यालयमा गरिएको आगजनीमा पनि आफूहरुको संलग्नता नरहेको बिप्लव समूहको एक जिल्ला नेताले जानकारी दिए ।

एनसेल टावर जलाउने बिप्लव समूह

वडा कार्यालयहरुमा आगजनी नगरेको विप्लव समूहले डोटीको एनसेलका दुई टावरमा गरिएको आगजनीमा भने संलग्नता स्वीकार गरेको छ ।

‘जोरायल गाउँपालिका–१ घण्टेश्वरमा रहेको टावरमा पार्टीको डडेल्धुरा कमिटीले गरेको हो’ उक्त समूहका एक नेताले भने ‘शिखर नगरपालिका–१ मा रहेको टावरमा डोटी पार्टीले आगजनी गरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?