Comments Add Comment

कालीगण्डकी डाइभर्सनबारे नेकपा महासचिव : गण्डकीका मुख्यमन्त्रीलाई मनाउने जिम्मा लिन्छु

२१ साउन, बुटवल । नेकपा महासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई मनाउने जिम्मा आफूले लिने बताएका छन् ।

पौडेल बुटवलमा आउँदा गर्ने आफ्ना हरेक भाषणमा कालिगण्डकी–तिनाउ डाइभर्सनलाई छुटाउँदैनन् । मंगलबार पनि छुटाएनन् । पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सनको विरोध गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पाल्पा तथा स्याङजाका स्थानीयबासीलाई मनाउने जिम्मा आफूले लिने बताए ।

बुटवल कालिका क्याम्पस भवन शिलान्यासपछि पौडेलले भने, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’

उनले अघि भने, ‘उहाँहरुको चिन्ता तल्लो तटीय क्षेत्रहरुमा पानीको मात्रा नघटोस् भन्ने हो, त्यसको विकल्पमा हामी दिन्छौं र डाइभर्सन गराएरै छाड्छौं ।’

यो वर्षको अन्त्यसम्म कालिगण्डकी तिनाउ डाइभर्सनको डीपीआर तयार हुने भन्दै महासचिव पौडेलले ३० किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले निर्माण हुन भने समय लाग्ने बताए ।

सत्तारुढ नेकपाका महासचिव पौडेलले पाल्पाको सिद्धबाबा क्षेत्रको १.३ किमी सडकमा सुरुङमार्ग निर्माणको काम पनि चालु आर्थिक वर्षभित्रै शुरु हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment