Comments Add Comment

हुवाजिन सिमेन्टबारेको छलफलमा उद्योग सचिव र लगानी बोर्डका सीईओ गएनन्

२१ साउन, काठमाडौं । मंगलबार संसदको सार्वजनिक लेखा समितिले हुवाजिन सिमेन्टबारे छलफल गर्न उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई बोलाएको थियो ।

तर, निर्धारित समय भन्दा ढिला बिहान साढे ११ बजेसम्म दुबै अनुपस्थित भएपछि समितिको बैठक स्थगित भयो । चिनियाँ लगानीमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न बोलाइएको बैठकमा उद्योग सचिव खतिवडा जानकारी नदिई अनुपस्थित भएको समितिले जनाएको छ ।

जानकारी नदिई बैठकमा अनुपस्थित भएकी उद्योग सचिव खतिवडालाई के कारणले अनुपस्थित भएको हो सो को कारण सोध्ने समितिले निर्णय गरेको छ । बैठक स्थगित भएपछि बसेको समितिको आन्तरिक बैठकले उद्योग सचिव खतिवडालाई बैठकमा अनुपस्थ्ति हुनुको कारण सोध्ने निर्णय गरेको समिति सदस्य सांसद विरोध खतिवडाले जानकारी दिए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी पनि अनुपस्थित भए । तर, उनले आफू तराईमा रहेका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टसँगको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

समिति बैठकमा लगानी बोर्डका कार्यकारी अधिकृत अनुपस्थित रहे पनि बोर्डका प्रतिनिधि गएका थिए । प्रमुख कार्यकारी अधिकृतलाई बोलाएकोमा प्रतिनिधि मात्रै उपस्थित भएर नहुने सांसदहरुले बताए ।

चिनियाँ लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन कम्पनी विवादमा तानिएपछि गठित उपसमितिको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीसँग विस्तृत छलफल गर्ने लेखा समितिको मंगलबारको कार्यसूचि थियो ।

अर्को बैठकमा पनि उनीहरु दुई जनालाई नै बोलाएर छलफल गर्ने समितिले जनाएको छ ।

समिति सांसद लेखराज भट्ट संयोजकत्वको उपसमितिले यसअघि चिनियाँ हुवाजिन सिमेन्ट उद्योगलाई धादिङको ताल्तीमा ५० वर्षका लागि दिइएको जग्गा ठेक्का सम्झौता रद्व गर्न सिफारिस गरेको थियो ।

उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा सरोकारवालासँग छलफल गरेर निर्णय गरिने समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस पाण्डेको अगुवाइमा चिनियाँ हुवाजिन सिमेन्टमा अवरोध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment