Comments Add Comment

यसरी घट्दैछ ‘द कपिल शर्मा शो’को लोकप्रियता

भारतीय व्यङ्ग्यकार कपिल शर्माको टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ को लोकपि्रयता दिन प्रतिदिन घट्न थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइतबार सार्वजनिक भएको यो वर्षको ३० औं साप्ताहिक टीआरपी रिपोर्टका अनुसार द कपिल शर्मा शो उत्कृष्ट ५ को सूचीमा अटाउन सकेको छैन । त्यसो त अघिल्लो साताको टीआरपी रिपोर्टमा पनि द कपिल शर्मा शोले उत्कृष्ट ५ मा स्थान बनाउन सकेको थिएन ।

पछिल्लो टीआरपी रिपोर्टमा द कपिल शर्मा शोसहित अन्य थुप्रै लोकपि्रय टेलिभिजन कार्यक्रमको लोकप्रियतामा फरक आएको देखिएको छ ।

एकताको दर्शकको सर्वाधिक रुचीको विषय बनेको कपिल शर्माको उक्त कार्यक्रमले बिस्तारै दर्शकको साथ गुमाउन थालेको हो । विस्तारै उनको कार्यक्रमले टीआरपीमा समेत स्थान गुमाउँदै गएको हो ।

यस्तो छ पछिल्लो साताको टीआरपी रिपोर्टमा उत्कृष्ट पाँच स्थानमा पर्न सफल भारतीय टेलिभिजन कार्यक्रमहरुः

१. कुण्डली भाग्य

एकता कपूरद्वारा निर्मित यो धारावाहिकले लामो समयदेखि पहिलो नम्बरमा आफ्नो स्थान बनाइरहेको छ । जीटिभीबाट प्रसारण हुने यो धारावाहिकको मुख्य भूमिकामा प्रस्तुत भएका श्रद्धा आर्या तथा धीरज धूपरको जोडीलाई दर्शकहरुले अत्यन्त मन पराका छन् । शायद उनीहरुकै जोडीका कारण हुनसक्छ, यो कार्यक्रमले प्रत्येक साताको टीआरपीमा पहिलो स्थान सुरक्षित गर्दै आइरहेको छ ।

२. ये रिश्ता क्या कहलाता है

अघिल्लो हप्ता तेस्रो स्थानमा रहेको यो धारावाहिकमा हालै मात्र एउटा नयाँ ट्वीस्ट आएको छ । धारावाहिकमा कार्तिक तथा नायराको जोडीलाई छुट्याएपछि कथामा नयाँ ट्वीस्ट ल्याउँदै उनीहरुलाई पुनः मिलाइएको छ । दर्शकहरुलाई कथामा आएको यही परिवर्तन यति धेरै मन पर्‍यो कि यसले टीआरपीमा दोस्रो स्थान हासिल गर्न सफल भयो । यो धारावाहिक स्टार प्लसबाट प्रसारण हुन्छ ।

३. कुमुकम भाग्य

जीटिभीबाट लामो समयदेखि प्रसारण भैरहेको यो धारावाहिकलाई पनि दर्शकहरुले अहिलेसम्म मन पराइरहेका छन् । अभिषेक र प्रज्ञाको जोडीलाई दर्शकहरुले मन पराइरहेका छन् । अघिल्लो साता टीआरपीको दोस्रो स्थानमा रहेको यो धारावाहिक यो साता तेस्रो स्थानमा झरेको छ ।

४. नच बलिए-९

थुप्रै वटा पुराना कार्यक्रमहरुलाई पछि पार्दै नृत्यमा आधारित रियालिटी शो ‘नच बलिए-९’ टीआरपीको उत्कृष्ट ४ मा उक्लिएको छ । एक साताअघि मात्रै पि्रमियर भएको यो रियालिटी शोले सोच्दै नसोचेको दर्शकको साथ पाएको हो । यो शो स्टार प्लसबाट प्रसारण हुन थालेको हो ।

५. तारक मेहताका उल्टा चश्मा

सब टिभीबाट प्रसारण हुने हास्य प्रधान धारावाहिक हो तारक मेहताका उल्टा चश्मा । हालै मात्र यो धारावाहिकले प्रसारणको ११ वर्ष पुरा गरेको छ । पछिल्लो टीआरपी रिपोर्टमा यो धारावाहिक पाँचौं स्थानमा रहन सफल भएको छ । यो धारावाहिकलाई बालबालिकाहरुले समेत उत्तिकै मन पराउँछन् ।

यसबाहेक जीटिभीबाट प्रसारण हुने तुझसे है राब्ता, स्टार प्लसबाट प्रसारण हुने ये रिस्ते है प्यारके, स्टार प्लसबाटै प्रसारण हुने कसौटी जिन्दगी कि २, कलर्श टेलिभिजनबाट प्रसारण हुने डान्स दिवाने तथा जीटिभीबाट प्रसारण हुने गुड्डन तुमसे ना हो पाएगाले टीआरपीमा क्रमशः ६ देखि १० स्थान हासिल गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment