+
+

सुनिलका छोरा अहानसँग ताराको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १२:३८

नायक सुनिल सेट्टीको क्रेज बलिउडमा अहिले पनि उस्तै छ । भलै, चलचित्रको पर्दामा उनको राज छैन होला, तर दर्शकले उनलाई अझै पनि उस्तै प्रेम गर्छन् । अब, भने सुनिलका छोरा अहानले पनि बलिउडमा पाइला राखेका छन् । उनको मुख्य भूमिका रहने चलचित्रको आजबाट छायांकन सुरु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र साउथ इन्डियन चलचित्र ‘आरएक्स १००’को रिमेक हो ।

चलचित्रमा अहानको साथमा नायिका तारा सुतरियाले काम गर्दैछिन् । ताराले यो चलचित्रमा अन्तिम समयमा आएर संझौता गरेकी थिइन् । अहानले चलचित्रका लागि लामो समयदेखि मिहिनेत पनि गरिरहेका छन् । मिलन लुथरियाको निर्देशनमा बन्ने यो चलचित्रको छायांकन मंगलबार अर्थात् आजबाट सुरु भएको छ ।

सुनिलकी छोरी आथिया सेट्टी पनि बलिउडमा प्रवेश गरिसकेकी छिन् । तर, आथियाले चलचित्र क्षेत्रमा खासै सफलता भने पाउन सकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?