Comments Add Comment

गाउँलेको १९ औं गाईजात्रा : श्रीमती पोइल गई मिलाइदेऊ रवि लामिछाने !

काठमाडौं । कलाकार कमल गाउँलेले यस वर्ष पनि गाईजात्राको भिडियो सार्वजनिक गरेका छन् । कमलले यस वर्ष ‘गाउँ गाउँमा सिंहदरबार’ सार्वजनिक गरेका हुन् ।

‘गाउँ गाउँमा सिंहदरबार’मार्फत उनले राजनीतिक विकृतिमा व्यंग्य प्रहार गरेका छन् । राष्ट्रपति विदेश उड्दा आकाससमेत खाली गराइएको, सवारीका कारण ट्राफिक जाम हुँदा सुत्केरीसमेत अस्पताल जान नपाएको, राजनीतिक दलका नेताहरु कमाउ धन्दामा लागेको लगायतका विषयलाई कमलले उठाएका छन् ।

त्यसैले उद्योग कलकारखानाको सट्टा पार्टी खोल्न आह्वान गर्दै उनी व्यंग्यात्मक शैलीमा भन्छन्, ‘यो गणतन्त्रमा मैले तीन चिज पाएँ- खोक्ने, बोक्ने र ठोक्ने । यी तीन चिज जानेपछि मान्छे पाको अनि देख्छन् खाको र लाको ।’

गाईजात्रामा रमाइला गीतहरु पनि छन् । एक गीतमा उनी भन्छन्-
‘म पनि नेता बन्छु मेरी स्वास्नी
मेरो राजनीति कल्ले खोस्नी ।
नेता भएपछि छक्कापन्जा गर्न पाइने,
हामीलाई पनि हेर स्वास्नी त्यही हो चाहिने ।

हेर्नुहोस् भिडियो

आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गाईजात्रे प्रस्तुतीमा कमल गाउँलेले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेतर्फ पनि व्यंग्य प्रहार गरेका छन् ।

दाङ मसिना घर भएका कमल गाउँलेले सयौं नेपाली गीत, हास्य टेलिसिरियल र चलचित्रमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको ‘गर्नु गर्‍यौ बाबुराम भैंसी पालेर’ बोलको गीत निकै चर्चित थियो ।

लगातार १९ वर्षदेखि गाईजात्रा लेखेर र अभिनय गरेर सदाबहार गाईजात्रे कलाकार बन्ने प्रयासमा रहेका कमल भन्छन्, ‘गाईजात्रा हाम्रो पर्व हो, यसमा गरिएको व्यंग्यबाट सम्बन्धित व्यक्ति वा निकायले पाठ सिकेर सुध्रिउन् भन्ने उद्देश्यले म निरन्तर लागिरहेको छु ।’

उनी मादल र सारंगी बादनमा पनि पोख्त छन् । गत वर्ष भएको पहिलो राष्ट्रिय मादल प्रतियोगितामा उनी उत्कृष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment