+
+
Shares

प्रदेश लोकसेवा विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते २१:३५

२१ साउन, जनकपुरधाम । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगसम्बधी विधेयक पास गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित गरेको हो । यो विधेयक पारित भएसँगै अब प्रदेश २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

१२ जेठमा टेबल भएको विधेयक प्रदेशसभामा पेश भएपछि सैद्वान्तिक छलफल भई चार सांसद रहेको विशेष समितिमा पठाइएको थियो । सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव र गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताएका छन् ।

मंगलबारको प्रदेशसभा बैठकमा बोल्दै सांसद साहले साउनमा मात्रै पाँच पटक बैठक बसेको र मंगलबार बिहान बसेको समिति बैठकले पारित गर्ने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?