+
+

जम्मू कश्मीर पुनर्गठन विधेयक लोकसभाबाट पास

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते २१:५८

काठमाडौं । संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएर जम्मू कश्मीरको विशेष दर्जा अत्य गर्ने र प्रदेश पुनर्गठन गर्ने विधेयक लोकसभाबाट पनि पास भएको छ । सोमबार राज्यसभाले पास गरेको विधेयक मंगलबार लोकसभाले पास गरेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले एकता र अखण्डताका लागि देश एकजुट भएको ऐतिहासिक क्षण भनेका छन् ।

अनुच्छेद ३७० लाई निष्प्रभावी बनाउने विधेयकको पक्षमा ४५१ मत खसेको छ भने विपक्षमा मात्र ७१ । यस्तै जम्मू कश्मीर पुनर्गठन विधेयकको पक्षमा ३७० र विपक्षमा ७० मत परेको छ । अब जम्मू कश्मीर पुनर्गठनको विधेयक राष्ट्रपति कहाँ जाने छ र उनले यसमा हस्ताक्षर गरेपछि कानुन बन्नेछ ।

गृहमन्त्री अमित शाहले जम्मू कश्मीर आरक्षण विधेयक भने फिर्ता लिएका छन् । अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएपछि भारतको सबै कानुन जम्मू कश्मीरमा पनि लागू हुने भएकाले यो विधेयक आवश्यक नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?