Comments Add Comment

बुहारीको हत्या आरोपमा सासू, ससुरा पक्राउ

२२ साउन, सप्तरी । गर्भवती बुहारी हत्या आरोपमा प्रहरीले तिनका सासू र ससुरालाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ कि गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासू ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment