Comments Add Comment

सिड्नीका पाठकसामु नयनराज पाण्डे

काठमाडौं । गत शनिबारमा सिड्नीमा लेखक नयनराज पाण्डेसँग पाठकहरुले अन्तक्रिया गरेका छन्। र, लेखक पाण्डेले पहिलो पटक पाठकहरु माझ आफ्ना कविताहरु वाचन गरे ।

साताको साहित्य र नेपालीपत्र अस्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रममा पाठकहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा लेखक पाण्डेले देशबाट यति टाढा भएर पनि नेपाली साहित्यलाई सिड्नीका पाठकहरुले दिएको स्नेह र सम्मानलाई जिन्दगीभरी नबिर्सिने भन्दै आफूलाई सुन्न यतिधेरै उपस्थिति अनुमानै नगरेको बताए ।

लेखक पाण्डेका दुबै सन्तानहरुले अस्ट्रेलियामा केही वर्षदेखि उच्च शिक्षा हाशिल गर्दैछन् । त्यही क्रममा छोराको ग्राजुएसन सेरेमोनीका लागि अस्ट्रेलिया आएका पाण्डेलाई यताका पाठकहरुसँग साक्षात्कर गराउने जमर्को गरिएको थियो ।

नयनराज पाण्डेका ‘उलार, ‘लु’ देखि ‘यार’सम्मका सबै पुस्तकहरु चर्चित छन् ।

कार्यक्रमको संचालन नेपालीपत्रका सम्पादक ऋषि आचार्यले गरेका थिए भने सहजकर्ताको भूमिका लेखक तथा साताको साहित्यका सम्पादक निष्प्रभ सजीले निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment