
२२ साउन, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेवा सुविधा बुझेर फिल्डमा नगएका लियाजो अधिकृतमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्राईले लियाजो अधिकृतहरुको सम्पूर्ण विवरण मन्त्रालयमा पेश गर्न पर्यटन विभागलाई निर्देशन दिएको जानकारी दिए ।
लियाजोको रुपमा खटिएका तर फिल्डमा नपुगी बाटोबाटै फर्किएकाहरुले चिकित्सकीय रुपमा अस्वस्थताको प्रमाण देखाउन नसके कारबाही हुने उनले बताए ।
बुधबार सञ्चारकर्मीहरुसँग भएको भेटमा मन्त्री भट्टराईले गलत प्रतिवेदन बुझाएर सेवा सुविधा बुझ्नेहरुलाई अर्को पटकदेखि लियाजो अधिकृत हुन नदिने गरी फाइल उठाएर ल्याउन विभागमा निर्देशन दिइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4