Comments Add Comment

विर्तामोडमा ‘फस्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड’ आयोजना गरिने

 

नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले झापाको विर्तामोडमा अवार्ड हुने भएको छ । प्रदेश नम्बर १ स्तरिय अवार्डको नाम ‘फस्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड २०७६’ आयोजना गर्न लागिएको हो ।

अवार्ड कार्यक्रममा प्रदेश नम्बर १ बाट चलचित्र क्षेत्रमा योगदान पुर्याएका ३ जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ । विभिन्न ४५ विधामा पपुलर अवार्ड समेत वितरण गरिने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

अवार्डका संयोज मनोज केसीका अनुसार, प्रदेश नम्बर १ मा जन्म लिएर देशका जुनसुकै भागमा रहेर कलाकारिता गरेका कलाकारलाई सम्मान गरिनेछ । केसीका अनुसार, चलचित्र क्षेत्रमा १० बर्ष निरन्तर काम गरेका व्यक्तिलाई मात्र अवार्ड कार्यक्रममा सहभागीता गराइनेछ ।

विर्तामोडमा हुने अवार्डका लागि ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । यो अवार्ड समारोह मंसिर महिना भित्रमा गर्ने बताइएको छ । कार्यक्रममा पुगेका कलाकार सुनिल थापाले भारतमा पनि यस्तो अवार्ड नभएको दाबी गरे । पूर्वेली यूवा क्लबका पूर्व अध्यक्ष एवं अवार्डका संयोजक रमेश चौधरीका अनुसार, अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment