+
+

एकै रात तीन घरमा चोरी, निदाएको बेला घाँटीकै सिक्री चुँडायो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १५:५८

२१ साउन, गोरखा । मंगलबार राति गोरखा सदरमुकाम नजिकैको तीन घरमा चोरी भएको छ । गोरखा नगरपालिका–९ ठिगुरेस्वाँराका तीन घरमा चोरी भएको भन्दै वुधबार जिल्ला प्रहरी कार्यालयका उजुरी परेको छ ।

एक तोलाको छड्के तिलहरी र नगद ५० हजार रुपैयाँ चोरी भएको स्थानीय सानुमाया कुवँरले बताइन् । ‘विहान घरकसेर गर्न उठ्दा मूल ढोकाको चापी खुल्लै देखेँ,’ उनले भनिन्, ‘कोठाभित्र रहेको दराजको ढोका फुटाएर सबै लुगा बाहिर झरेको रहेछ ।’ अर्कै कोठामा सुतेकी उनले विहानपख मात्र दराजमा भएको नगद र गहना चोरी भएको थाहा पाइन् ।

घाँटीमा लगाएको सुनको सिक्री चोरी भएको भन्दै बन्दना दानी क्षेत्रीले पनि प्रहरीमा उजुरी दिएकी छिन् । ‘बिहान करिव चार बजेतिर म निन्द्राबाट ब्युँझिसकेको थिए, एक्कासी कोठाको ढोका खुलेको आवाज सुनेर ढोका नजिक मात्र के पुगेको थियो एक्कासी मेरो घाँटी समायो ।’

कालो पोशाकमा मास्क लगाएर आएको उक्त व्यक्तिले घाँटीको सिक्री तान्ने प्रयास गर्दा केहीबेर धकेलाधकेल समेत भएको उनले बताइन् । ‘छालाको कालो पन्जा पनि लगाएको थियो, घाँटीको सिक्री तान्न खोज्दा मैले त्यसको दाया हातमा टोकिदिएँ, अनि म चिच्याएपछि भाग्यो,’ उनले भनिन् । सिक्री तान्ने क्रममा सिक्रीको केही भाग आफैसँग रहेको उनले बताइन् ।

कमलकुमारी श्रेष्ठको पनि साढे दुई तोलाको सिक्री चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ । सुतिरहेको कोठामा पसेर नाक र मुख थुनी घाँटीको सिक्री चोरेर लगेको पीडितले बताएका छन् । ‘हामी एउटै कोठामा सुतेका थियौ, ममीले एक्कासी सिक्री चो¥यो भनेपछि राती दुइ बजेतिर व्युँझियांै, उठेर हेर्दा पछाडिको झ्याल र ढोका खुल्लै रहेछ,’ छोरी सुकु श्रेष्ठले भनिन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ । सदरमुकाम आसपास चोरीका घटना भएपछि स्थानीय त्रसित छन् । मध्यरातको समयमा सदरमुकाम आसपासकै तीन घर फुटाएर चोरी हुनुले जिल्लाको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै प्रहरीको आलोचना समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?