+
+
Shares

राजकीय सम्मानका साथ सुष्मा स्वराजको अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १७:१३

२२ साउन, काठमाडौं । भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उनको अन्त्येष्टि गरिएको हो । उनकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गरिन् ।

अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए । यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो ।

भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्रीसमेत रहेकी स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति  निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?