+
+

कृषि विकास बैंकको कारोबार अब आईपीएस ई-पेमेन्ट प्रणालीबाट सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १९:५४

२३ असार, काठमाडौं ।  कृषि विकास बैंकले कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीबाट कारोबार सञ्चालनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराई बिहीबारबाट कारोबार सञ्चालनमा ल्याएको हो ।

सो सेवा सञ्चालन भए सँगै कृषि विकास बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु गर्न सक्ने बैंकले जनाएको छ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्ने र हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ बैंकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?