Comments Add Comment

स्वयम्भूमा प्रहरीले गोली चलायो, दुईजना पक्राउ

२४ साउन, काठमाडौं । काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ ।

स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो । लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment