Comments Add Comment

ब्रेन्डन म्याकुलम ट्रिनबागो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त

Photo Credit : इएसपीएन

२४ साउन, काठमाडौं । न्युजिल्यान्डका पूर्वक्रिकेटर ब्रेन्डन म्याकुलम क्यारेवियन प्रिमियर लिग क्रिकेटको क्लब ट्रिनबागो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त   भएका छन् ।

त्यस्तै, उनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फ्रेन्चाइज क्लब कोलकत्ता नाइट राइडर्सको सहायक प्रशिक्षकमा पनि नियुक्ती भएको इएसपीएन क्रिकइन्फोले लेखेको छ ।

ग्लोबल टी-२० क्रिकेटमा टोरोन्टो नेशनल्सबाट अगष्ट तीन तारिखमा खेलेपछि क्रिकेटको सबै फम्र्याटबाट सन्यास लिएको घोषणा गरेसँगै उनलाई प्रशिक्षकमा अनुबन्धन गरेको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

३७ वर्षीय म्याकुलम युरो टी-२० स्लाम क्रिकेट लिगको आइकोनिक खेलाडी थिए । तर सबै फर्म्याटबाट सन्यासको घोषणा गरेपछि अब उनी प्रशिक्षकको भूमिकामा देखिने भएका हुन् । क्यारेवियन पि्रमियर लिग यहि सेम्टेम्बर पाँच तारिखदेखि सुरु हुनेछ ।

म्याकुलमले सन २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर विभिन्न फ्रेन्चाइज लिग भने खेल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment