Comments Add Comment

यी औषधिको सेवनले हुनसक्छ गम्भीर असर

मानिसको जीवनमा स्वस्थ सम्बन्धी धेरै समस्याहरु उत्पन्न भइरहन्छन् । जसको समाधानका लागि हामी विभिन्न औषधिहरु सेवन गर्छौं । तर, कतिपय अवस्थामा भने हामी आफैं आफुखुशी औषधि किन्छौं र सेवन गर्छौं । डाक्टरलाई जाँच नगराई त्यसरी आफै औषधि किनेर सेवन गर्नु हाम्रो स्वास्थको लागि हानिकारक हुन्छ भन्ने कुरातर्फ हामी ध्यान दिँदैनौं ।

औषधिका बारेमा कतिपय जानकारीको अभाव पनि हाम्रो स्वास्थलाई हानिकारक मानिन्छ । त्यस्ता धेरै औषधिहरु छन्, जसको प्रयोग हामी सोच्दै नसोची हरेक दिनजसो गरिरहेका हुन्छौं ।

निद्राको औषधि

प्रायः निद्राको औषधिमा अत्याधिक नशा हुन्छ । महत्वपुर्ण कुरा के हो भने यसले हाम्रो दिमागको क्रियाकलापमा प्रभाव पार्छ  । यसले मानिसको दिनचर्यालाई समेत बिगारिदिन्छ । सधैं त्यस्ता औषधिको प्रयोग गर्दा बिस्तारै-बिस्तारै त्यसको असर शरीर कम हुँदै जान्छ र पछि त्यो भन्दा हाई डोजका औषधि खानु पर्ने बाध्याता हुन्छ । त्यो औषधिको लगातारको सेवनले हाम्रो शरीर नै कमजोर हुन्छ ।

प्राकृतिक पाचन प्रकृयालाई बिगार्छ

पाचन प्रकृया कमजोर भएपछि प्रयोग गरिने औषधिले तपाईंको स्वस्थमा नराम्रो असर पुर्‍याउँछ । कहिले काहीँ  त्यसको प्रयोग गर्नु ठिक हो तर दिनहुँको प्रयोगले तपाईंको पाचन प्रक्रिया नै खराव हुन्छ । त्यस्ता औषधिको प्रयोगले तपाईंको शरीरले आवश्यक पोषक तत्व राम्रासंग ग्रहण गर्न सक्दैन, जसको कारण किड्नीको पत्थरी, पाइल्स र पेटको अल्सर हुने सम्भावना हुन्छ ।

रुघा खोकिको औषधि पनि हानिकारक

रुघा,खोकिको औषधि विशेष गरी बालबालिकाहरुका लागि खतरनाक हुन्छ । त्यसले फोक्सोलाई प्रभावित गर्छ । यदि त्यसको ओभर डोज भयो भने साइड इफेक्ट हुन्छ र मृत्यु हुने सम्भावना पनि हुन्छ ।

टाउको दुखाईको औषधि

टाउको दुख्दा खाने औषधिले तुरुन्त राहत मिले पनि त्यो औषधिले धेरै समस्या उत्पन्न गराउँछ । त्यसैले सम्भव भएसम्म यो औषधिको प्रयोग गर्नु हुँदैन ।

डिप्रेसनको औषधिले साइडइफेक्ट हुन्छ

डिप्रेशनको औषधिले पनि खतरनाक असर पुर्‍याउँछ । त्यस्तो औषधिले मस्तिष्कको त्यो भागमा असर पुर्‍याउँछ, जसले ग्लुकोज र सेरोटोनिन लेभललाई नियन्त्रित गर्छ । त्यो औषधिको प्रयोगले तपाईको वजन बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment