Comments Add Comment

साम्भवीले जितिन् दोहोरो उपाधि

२४ साउन, काठमाडाैं । ब्रिटिस स्कुलकी साम्भवी पाल्लक काठमाडाैं ब्याडमि  न्टन च्याम्पियनसिप (स्कुलस्तर)२०१९ मा दोहोरो उपाधि हात पार्न सफल भएकी छिन् ।

पाल्लकले छात्रा यु – १२ र यु – १४ दुवैतर्फ जित हात पार्दै दोहोरो उपाधि चुमेकी हुन् । पाल्लकले यु-१२ मा ग्यालेक्सी स्कुलकी शेरा जे. शेर्पालाई २१ – २, २१ – ७ ले तथा यु – १४ मा ग्यालेक्सीकै निमा यान्जी शेर्पालाई २१ – १०, २१ – ४ ले पराजित गरिन् ।

काठमाडाैं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको छात्र यु – १२ मा भ्याली भ्यू स्कुलका सक्षम ढकालले बौद्ध ईन्टरनेशनलका ककेश सत्याललाई २१ – १३, २१ – ५ ले पन्छाउँदै उपाधिमा आफ्नो नाम लेखाए । यस्तै छात्रकै यु – १४ मा क्यारिबियनका डेभिड थापा मगरले काठमाण्डौ मेरिडियनका अभियान कश्यपलाई २१ – १३, २१ – १० ले पाखा लगाउँदै उपाधि चुमे ।

सोही अवसरमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक महेन्द्रलाल श्रेष्ठलाई कदर पत्र र नगद १० हजार बाट जिल्ला संघले सम्मान गरेको थियो । उनलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष संघिय प्रतिनिधि सभाका साँसद जीवनराम श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए ।

विजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै यु – १४ तर्फ पहिलो, दोश्रो र तेश्रोले क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार तथा यु – १२ तर्फका खेलाडीले नगद २०, १५ र १० हजार प्राप्त गर्ने छन् । नगद पुरस्कार खेलाडीहरुलाई बिशेष कार्यक्रमको आयोजना गरी पछि प्रदान गरिने आयोजक संघका अध्यक्ष दीपक थापाले जानकारी गराए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष संजीव रेग्मी, ओलम्पियन दीपक बिष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मेडल, प्रमाण पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment