
९ साउन, काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिपको छनोटअन्तर्गत सेन्ट्रल एन्ड साउथ जोनमा नेपाल समूह ‘ए’ मा परेको छ ।
एसियन फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपाल परेको समूहमा चार पटकसम्मको उपविजेता भएको उब्जेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।
त्यस्तै, एएफसीले आजै खेल तालिका पनि सार्वजनिक गरेको छ । तर छनोट खेलको आयोजना गर्ने देश, र मिति र स्थान भने टुंगो लगाएको छैन । नेपालले आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दोस्रो खेलमा चार पटकको उपविजेता बनेको उब्जेकिस्तानसँग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो अन्तिम खेल भने अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
अगामी वर्ष तुर्कमिनिस्तानमा एएफसी फुटसल च्याम्पियनसिप हुदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4