Comments Add Comment

गोरखामा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

२४ साउन, गोरखा । विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

रोल्पाका ४१ बर्षका जंगबहादुर भण्डारी, भोजपुरका २६ बर्षका मिलन राई र गोरखा सुलिकोट गाउँपालिका ताकुका २८ बर्षका काजी गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

भण्डारी पार्टीका कास्की जिल्ला सेक्रेटरी हुन् भने गुरुङ विद्यार्थी संगठनका कास्की जिल्ला अध्यक्ष हुन् । राई विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुन् । शुक्रबार विहान गोरखा सदरमुकामको हरमटारीचोकबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी महेन्द्र नेपालले बताए ।

‘चेकजाँचको क्रममा मुखमुखै लागे अनि समातेर ल्याएपछि विप्लवका कार्यकर्ता भन्ने थाहा भयो,’ उनले भने । उनीहरुलाई सार्वजनिक शान्तिविरुद्ध मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment