+
+
Shares

गुल्मीमा जीप दुर्घटना, ५ जना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते २०:०७

२४ साउन, गुल्मी । गुल्मीमा शुक्रवार साँझ जीप दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको गुल्मी दरवार गाउँपालिका ३ गौंडाकोटमा लु २ च ५४७५ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

गम्भीर घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको उनले जानकारी दिए । रिडीबाट तम्घासतर्फ आउदै गरेको जीप सडकबाट २ सय मिटर तल खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?