+

विंगर सेन ६ महिना मैदान बाहिर हुनसक्ने

२०७६ साउन  २५ गते ८:१८ २०७६ साउन २५ गते ८:१८
विंगर सेन ६ महिना मैदान बाहिर हुनसक्ने

२५ साउन, काठमाडौं । म्यानचेष्टर सिटीका विंगर लिरोय सेन घुुँडाको चोटका कारण ६ वा ७ महिना मैदान बाहिर हुनसक्ने भएका छन् । उनी कम्युनिटी सिल्डमा सिटीले लिभरपुलसँग खेल्दा उनी १३ औं मिनेटमा नै घाइते भएका थिए ।

सिटी प्रशिक्षक पेप ग्वार्डिओलाका अनुसार सेनको अर्को साता बार्सिलोनामा शल्यक्रिया गरिने छ । ‘मलाई थाहा छैन कि कति समय लाग्छ । तर यस्तो चोटमा ६/७ महिना लाग्छ,’ उनले भनेका छन् ।

सिटीले पि्रमियर लिगमा सिजनको पहिलो खेल शनिबार वेष्टहामविरुद्ध खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय