Comments Add Comment

चीनमा आँधी : २० को मृत्यु, १० लाख बिस्थापित

२६ साउन, काठमाडौं । चीनमा आएको आँधीले कम्तीमा २० जनाको ज्यान लिएको छ भने १० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

ताइवान र चीनको आर्थिक राजधानी साङघाइको बीचमा पर्ने वेनलिङ क्षेत्र आँधीसँगैको वर्षा र बाढी–पहिरोबाट प्रभावित भएका छन् । आँधी विस्तारै अन्य क्षेत्रमा पनि सर्दै गएकाले अन्यत्र पनि यसको प्रभाव देखिएको छ ।

आँधीसँगै परेको पानीले बाढी र पहिरो जाँदा १० जनाभन्दा बढी मानिस हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

मानिसहरूको हताहतीपछि उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित गरिएको छ । बाढीमा गाडी फसेकाले त्यसरी परिचालित कर्मचारीले संघर्ष गर्नु परिरहेको बीबीसीले जनाएको छ ।

रेल सेवा र उडान प्रभावित

आँधीले विद्युत् आपूर्ति बन्द भएको छ । प्रभावित क्षेत्रका झण्डै २७ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको अनुमान गरिएको छ ।

प्रभावित क्षेत्रका राजमार्गसमेत अवरुद्ध भएका छन् । सडकका रूख भाँचिएकाले राजमार्ग अवरुद्ध भएको बताइएको छ । त्यस्तै, रेल सेवा र हवाई उडानसमेत प्रतिकूल मौसमका कारण स्थगित भएका छन् । बीबीसीका अनुसार प्रभावित क्षेत्रका करिब १ हजार उडान स्थगित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment