+
+
Shares

सरकारी वकिलको संख्या नथपे काम गर्न सकिँदैन : महान्यायाधिवक्ता खरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १९:३९

६ साउन, काठमाडौं । महान्यायाधीवक्ता अग्नि खरेलले सरकारी वकिलको संख्या थप नगर्ने हो भने काम गर्न सम्भव नहुने बताएका छन् । देशभर १ सय २७ जना थप सरकारी वकिल आवश्यक परेको भन्दै उनले संख्या नथपे काम गर्न नसक्ने बताएका हुन् ।

‘सरकारी वकिलको संख्या थप नगर्ने हो भने अहिलेको सरकारी वकिलको संख्याले काम गर्न सकिदैन, सम्भव हुँदैन’ भर्खर सेवा प्रवेश गरेका सरकारी वकिललाई स्वागत गर्दै उनले भने ‘मैले नेपाल सरकारको सम्बन्धित निकायमा यो कुरा भनिसकेको छु ।’

अहिले देशभर अपराधको संख्या बढेको र दायरा पनि बढेको भन्दै त्यस अनुसार जनशक्ति पनि थप गर्नुपर्ने महान्यायाधीवक्ता खरेलले बताए ।

उनले सेवा प्रवेश गरेका सरकारी वकिललाई आफूसँग कुरा मिलाउन नभई प्रतिवाद गर्न आउन आग्रह गरेका छन् । ‘म सँग कुरा मिलाउन नआउनुस् प्रतिवाद गर्न आउनुस्, यो हुँदैन, यो गर्न मिल्दैन भन्न तयार भएर आउनुस्’ उनले भने ‘त्यस्तो खालको सरकारी वकिल चाहिएको छ ।’

हिजोआज धेरैजसो कुरा मिलाउने मात्र भेटिने भन्दै उनले कुरा नमिलाउनेहरु भेट्न मुश्किल हुने बताए । यो वर्ष झापा, बारा, धादिङ, तनहुँ, बाँके, जुम्ला र दार्चुलालाई नमुना सरकारी वकिल कार्यालयको रुपमा विकास गर्ने महान्यायाधीवक्ता खरेलले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?