+
+
Shares

इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १९:१४

२६ साउन, काठमाडौं । सुजुकी मोटर्सको आधिकारिक वितरक सीजी मोटोकर्पको इको भ्यानको सफलतापछि अब कार्गो भर्सन नेपाली बजारमा ल्याएको छ ।

इको कार्गोले एउटा व्यापारीका सम्पूर्ण आवश्यकताहरुलाई पूरा गर्ने कम्पनीको दावी छ । यसमा ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थीरताको लागि प्ल्याट वेड जस्ता विशेषताहरु छन् । जसले गर्दा ट्रान्जिटको वेलाहुने क्षतिलाई कम गर्न मद्दत पुग्छ ।

कारको जस्तै सिट भएको हुँदा चालकलाई गाडी चलाउन अझै सहज हुन्छ । भारवहन क्षमतालाई १.२ को इन्जिनद्वारा सञ्चालित गरी परीक्षण गर्दा सहजै ६२० केजी सहजै ढुवानी गर्छ ।

यसमा विभिन्न सुरक्षित विशेषताहरु जस्तैः बलियो लोड डिस्पे्रसिङ च्यासिस, ड्राइभर र प्यासेन्जसको लागि सिट बेल्ट रिमान्डर तथा रिभर्स पार्किङ सेन्सर जस्ता सुविधाहरु यसमा रहेका छन् ।

यसले २० किलोमिटर प्रतिलिटरको माइलेज प्रदानगर्ने हुँदा वास्तवमै यो नाफा प्रदान गर्ने गाडीका रुपमा रहने छ ।

“नेपालका विभिन्न खालका सडकहरुमा यसले आफ्नो गतिशीलता प्रदर्शन मात्र गर्ने छैन कि यसको अद्वितीय फिचर, ठूलो कार्गो एवं सहज सञ्चालन जस्ता तथा चलाउन सहज जस्ता सुविधा पनि सहजै प्रदान गर्ने छ” सिजि मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत करण चौधरीले भने । यसको नेपाली बजार मूल्य रु १२ लाख ९९ हजार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?