+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

वीरगञ्जमा भाइरल ज्वरोका बिरामी बढे

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १९:४०

२६ साउन, वीरगञ्ज । केही दिनयता पर्सा सदरमुकाम वीरगञ्ज र आसपासका क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा आउने विरामीमध्ये पछिल्ला दिनमा भाइरल ज्वरोका विरामी बढी देखिएका चिकित्सकले बताएका छन् ।

उनीहरुका अनुसार भाइरल ज्वरोका विरामीमा ज्वरो आउनुको साथै टाउको दुख्ने, पसिना आउने, नाकबाट पानी बग्ने, मांशपेशी दुख्ने, कमजोर महसुस हुने, भोक नलाग्ने जस्ता लक्षण देखिएको छ ।

नारायणी अस्पतालका जनरल फिजिसियन एवं पेट रोग विशेषज्ञ डा. राकेशकुमार झाले पछिल्ला दिनमा बहिरंग सेवामा जाँच गराउन आउने बिरामीमा आधा भन्दा बढी विरामी भाइरल ज्वरोकै भएको बताए ।

‘अस्पतालको मेडिकल बहिरंग सेवामा दैनिक ३ सयको हाराहारीमा विरामी जाँच भइरहेको छ, जसमा २ सय जना जति भाइरल संक्रमित विरामी छन्’ उनले भने ।

खोक्दा, हाछ्यूँ गर्दा रुमालले नाक मुख नछोप्ने, जथाभावी थुक्ने, बासी खानेकुरा, पानी नछानी खाने बानीले भाइरलको संक्रमण बढाउने डा. झाले बताए ।

‘अधिकांश भाइरल ज्वरो एक दुई दिनमा आफैं हराएर जाने पनि हुन्छ, कतिपयमा मेडिकल्ली उपचारकै खाँचो पर्छ’ उनले भने ‘ज्वरो १०३ डिग्री फरेनहाइट वा त्यो भन्दा माथि गयो भने चिकित्सक कहाँ जानुपर्छ ।’

संक्रमित बिरामीले धेरै आराम गर्न र झोलिलो खानेकुरा प्रशस्त मात्रामा खान चिकित्सकको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?