Comments Add Comment

गौतमबुद्ध विमानस्थलमा आवश्यक सहयोग गर्न ऊर्जा मन्त्रालय तयार

२६ साउन, काठमाडौं । भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पछिल्लोपटक तोकिएको समयममा सञ्चालनमा ल्याउने वातावरण तयार गर्नेबारे तीन मन्त्रालयहरुले छलफल गरेका छन् । पर्यटन, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा मन्त्रालयले विमानस्थलको पूर्वाधार समयमै सम्पन्न गर्नेबारे छलफल गरेका हुन् ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देबेन्द्र कार्की, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, ऊर्जा सचिव दिनेश घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायत सहभागी थिए ।

बैठकमा ऊर्जा मन्त्रालयले विमानस्थलमा आवश्यक विजुलीका लागि डेडिकेटेड लाइन दिने प्रतिवद्धता जनाएको छ । विमानस्थलमा रडार लगायतका ठूलो विद्युतीय पूर्वाधार सञ्चालनका लागि सहजीकारण गर्न ऊर्जामनत्रालय तयार भएको छ ।

त्यसैगरी विमानस्थलसम्म पुग्ने मुख्य सडकमा सार्न बाँकी विजुलीको पोल सारेको एक महिनाभित्रै लाइन दिने लगायतका प्रतिवद्धता ऊर्जामन्त्री पुनले व्यक्ति गरेका छन् ।

पोल सार्ने काम छिटो गर्न बैठकमा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी बैठकमा ऊर्जा मन्त्रालयले विमानस्थल सञ्चालनको लागि आवश्यक पर्ने मौसमविदहरुबारे पनि पर्यटन मन्त्रालयसँग जिज्ञाशा राखेको थियो । पर्यटन मन्त्रालयले त्यसका लागि आवश्यक अध्ययन गरेर जानकारी दिने बताएको छ ।

बैठकमा ऊर्जामन्त्री पुनले विमानस्थललाई समयमै सञ्चालनमा ल्याउने वातावरण तयार गर्नसम्बद्ध सबै मन्त्रालय र निकायले आवश्यक सहयोग गर्नुपर्ने बताएका थिए ।

उनले ऊर्जा मन्त्रालयले पनि त्यसमा समन्वयात्मक भूमिका निभाउने र त्यसमा अन्य मनत्रालयको पनि सहयोग हुनुपर्ने बताएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

आगामी जनवरी महिनाबाट सञ्चालनमा ल्याउने गरी यो विमानस्थल निर्माणको काम भइरहेको छ । सरकारले पर्यटन वर्ष २०२०लाई लक्षित गरेर यो विमानस्थल सञ्चालनमा ल्याउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment