+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १०:२१

२७ साउन, काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

‘पुरानो चिनजानको मान्छे, आउने–जाने भइरहेकाले बालिकाको अभिभावकले पनि धेरै विश्वास गर्दा रहेछन्’, काठमाडौं प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले भने, ‘तर, चिनजानको मान्छे हो, छिमेकी हो भनेर सबैलाई विश्वास गर्न नहुँदो रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?