+
+
Shares

सहायक वनअधिकृत सवा ३ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १९:२७

२७ साउन, काठमाडौं । सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरेशचन्द्र डिसी घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डडेल्धुराको भातकाँडाबाट ३ लाख २६ हजार रुपैयाँ नगद घुससहित उनलाई रङ्गेहात पक्राउ गरेको हो ।

डोटीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका प्रमुख समेत रहेका डिसीले सेवाग्राहीलाई काठको छोड पुर्जीको सिफारिस प्रक्रिया सहज गरिदिए वापत घुस मागेको सूचनाको आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

डिसी डोटीबाट सरुवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन धनगढीतर्फ गइरहेको भन्ने सूचनाको आधारमा गएको अख्तियारको कञ्चनपुर टोलीले पक्राउ गरेको कोइरालाले बताए । डिसीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?