Comments Add Comment

राष्ट्र बैंकविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकविरुद्ध उमेर हदका विषयमा परेको मुद्दा आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजालासमा परेको छ । राष्ट्र बैंकले २ साताअघि बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूको अधिकतम उमेर हद तोकेको थियो ।

राष्ट्र बैंकको उक्त निर्णयविरुद्ध प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर सर्वोच्च आदलत पुगेका थिए । ४ वर्षे कार्यकालका लागि पुनर्नियुक्ति पाएको ४ दिनमै राष्ट्र बैंकले उमेर हद तोकेपछि मानन्धर पदमुक्त भएका थिए ।

राष्ट्र बैंकले गैरकानूनी रूपमा बैंकको सञ्चालक र सीईओको अधिकतम उमेर हद तोकेको भन्दे मानन्धरले सर्वोच्चमा उत्प्रेषणको मुद्दा दायर गरेका थिए । यसअघि २३ गते सर्वोच्चकका न्यायाधीश मीरा खड्काको इजालासमा राखिएको मुद्दा हेर्न नभ्याइएको भन्दै सारिएको थियो । उक्त मुद्दा प्रधानन्यायाधीश जबराले मंगलबार आफ्नै इजालासमा राखेका हुन् ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैंकले नयाँ उमेर हद तोकेको थियो ।

राष्ट्र बैंकको गरेको नयाँ व्यवस्था अनुसार, अब ६५ वर्ष उमेर नाघेका व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कायृकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्म मात्रै काम गर्न पाउनेछन् ।

६९ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीईओ पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।

यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको थियो । राष्ट्र बैंकले सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ ।

७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्थाले प्राइमका सीईओ मानन्धरसहित एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, नबिल बैंकका अध्यक्ष शम्भु पौड्याल र गरिमा विकास बैंकका सञ्चालक भूपेन्द्रबहादुर खड्काको पद गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment