Comments Add Comment

भीरबाट लडेका खवासको उपचारका लागि आर्थिक सहयोग

२८ साउन, काठमाडौं । भीरबाट लडेर घाइते भएका सुरज खवासको उपचारको लागि परोपकारी समूहले २० हजार रुपैयाँ सहयोग गरेको छ ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पाँच दिनदेखि उपचार गराइरहेका खवासका लागि २० हजार २ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेको परोपकारी समूहका धिरसिँह घिमिरेले जानकारी दिए ।

आर्थिक अभावमा उपचार गराउन समस्या परेपछि ठोरी गाउँपालिका १ र २ का युवा सहभागी परोपकारी समूहले आर्थिक संकलन गरेको थियो ।

घर नजिकैको रातो पहाडमा बाख्रा चराउन गएका खवास भीरबाट झण्डै ५० मिटर तल खोँचमा खस्दो देब्रे खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।

ठोरी गाउँपालिका २ मा अरुको जमिन कमाएर बसेका उनको परिवारले उपचार खर्च जुटाउन नसकेपछि सहयोग खोजेका थिए । खवासको उपचारका लागि २ लाख रुपैयाँसम्म लाग्ने चिकित्सकले बताएका घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment